सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्