बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक सय रुपैयाँले बढेको हो।

शुक्रबार एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि आज घटेको छ।

शुक्रबार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।