काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ।
बेलायती पाउन्ड भाउ घटेर एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा कायम हुँदा राष्ट्र बैङ्कले अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ तथा बिक्री दर १०० रुपैयाँ ४५ पैसामा कारोबार गर्न अनुमति दिएको छ।
प्रतिक्रिया