काठमाडौं ।
नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विनोद कार्की छन् ।
उनले एयरलाइन्सलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।
भिजिट भिषामा विदेश जान लागेका युवायुवतीको २४६ शंकास्पद कागजात कार्कीले बनाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया