मगर समुदायबाट निर्वाचित सांसदहरु सडकमा छाडेका साढे सरह : सह अध्यक्ष विरकट्टा

0
Shares

बुटवल । 

नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टाले मगर समुदायबाट निर्वाचित सांसदहरूले मगर भाषा संस्कृतिको रक्षामा गम्भीर नभएको टिप्पणी गर्दै सडकमा छाडेका साढे सरह भएको आरोप लगाए।

सडकमा छाडेको साढेले नजोत्ने काम गर्छ नत त्यसको कुनै काम हुन्छ त्यस्तै भएका छन् मगर समुदायबाट निर्वाचित सांसदहरू भन्दै कटु आलोचना सह अध्यक्ष विरकट्टाले गरे ।

शनिवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दागंमा हुने नेपाल मगर संघको बृहत् मगर जनसभाको बारेमा जानकारी गराउन शुक्रवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सह अध्यक्ष विरकट्टाले मगर सांसदहरू मगरहरूको पक्षमा नभएको टिप्पणी गरे।

संविधानमा व्यवस्था भएको कुरालाई कानुन बनाएर कार्यान्वयन गर्न नसक्दा मगर समुदायको हर्क अधिकार सुरक्षित हुन नसकेको धारणा राखे । उनले पूर्ण समानुपातीक प्रतिनिधित्व, सामथ्र्य र पहिचान सहितको संघियता मगरात प्राप्तिको लागि आन्दोलित हुन थप ऊर्जाशील हुने संकल्प गदै लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाको रूपमा अविलम्ब कार्यान्वयन गराउन दवाव मूलक जनसभा भएको समेत बताए ।

कार्यक्रममा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै सह अध्यक्ष विरकट्टाले सङ्घीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको र जनताले संघियतालाई आडम्बर र फ्रोस्रोको संज्ञा दिन थालेको समेत बताए । अधिकार बाडफाड हुन नसक्नु केवल कर मात्रै थोपर्दा जनता दुखित भएको उनको भनाई रहेको छ ।

संविधानका प्राप्त उपलब्धिहरूको रक्षा गदै आत्मसम्मान सहितको जातीय पहिचानका लागि एक जुट हौ भन्ने मूल नाराका साथ हुने जनसभामा ५० हजार मगरहरुको उपस्थिति हुने आदीवासी जनजाति पत्रकार महासंघका रुपन्देही अध्यक्ष सुनो थापाले बताए । नेपाल मगरसंघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोतीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव थर्क बहादुर बाह्घरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए  ।