नेपाल टेलिकमले नगद लाभांश दिने

0
Shares

काठमाडौं ।

नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ। मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन्।