मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा बस्दै



काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो।

भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेको हो। बुधबारको बैठक बिहान ११ बजे सोही भवनमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष नयाँ भवनमा सारिसकेका छन्। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्