काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ। सोमबारदेखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ।
पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको विधान संशोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो।
महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेस गरेको उक्त प्रस्तावमाथि आज पनि छलफल हुन लागेको हो।
सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रतिक्रिया