माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ। राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्