पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्। नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने कार्यक्रम रहेको उनका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए।

उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन्।