स्टुटगार्टमाथि बायर्नको सहज जित, ह्यारी केनले गरे दुई गोल



काठमाडौं ।

बायर्न म्युनिखले बुण्डेसलिगा अन्तर्गत भिएफबी स्टुटगार्टलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने किम मिन जाइले एक गोल गरेका थिए। केनको यो दुई गोलसहित यस सिजनको बुण्डेसलिगामा उनले १४ खेलमा २० गोल पुरा गरेका छन्।

यो बायर्न म्युनिखको यस सिजनमा ११ औँ जित हो। १४ खेलमा ३५ अंक रहेको बायर्न म्युनिख लिगमा दोस्रो स्थानमा रहेको छ। एक खेल बढी खेलेको लिभरकुसेनको १५ खेलमा ३९ अङ्क रहेको छ।

त्यस्तै स्टुटगार्टको भने १५ खेलमा ३१ अङ्क रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्