![](https://newsofnepal.com/wp-content/uploads/2023/02/samajbadi2_Dk0ik1fQ4c.jpg)
काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको हो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ।
आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने नेताहरुले बताएका छन्।