भिल्ला रियललाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्ग रियल मड्रिडले भिल्ला रियलमाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रियल मड्रिडले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

रियल मड्रिडको जितमा जुडे बेलिङघम, रोड्रीगो, ब्राहिम डियाज र लुका मोड्रीचले एक एक गोल गरेका थिए। त्यसैगरी भिल्लारियलका लागि जोसे लुइस मोरालेजले एक गोल गरेका थिए। यो रियल म्याड्रिडको यस सिजनमा १३औं जित हो।

१७ खेलमा ४२ अंक हासिल गर्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै एक खेल कम खेलेको गिरोना ४१ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी भिल्ला रियलको भने यो यस सिजनको नवौँ हार हो। यो हारपछि १७ खेलमा १६ अंक रहेको भिल्ला रियल १४औ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्