आँखाको उपचारमा राज्यको व्यवस्था निराशाजनक : मन्त्री बस्नेत  

0
Shares

काठमाडौँ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजक रहेको बताएका छन् । घुलिखेलमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालको नयाँ ओपिडी भवनको उद्घाटन तथा इन्टरनेशनल अप्थाल्मोलोजी कन्फ्रेन्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजक रहेको बताएका हुन् ।

उनले आँखा अस्पताल लगायत देशभरका सबै सरकारी र सामुदायिक अस्पतालमा कर्मचारी अभाव रहेको बताउँदै कर्मचारी पदपूर्तिका लागि आफू लागि परेको बताए । उनले छिट्टै कर्मचारी अभावको समस्या समधान हुने आश्वासन दिए । उनले भने ‘ देशभरको अस्पतालमा कर्मचारी अभाव छ एउटा नर्स, डाक्टरले पाँच छ जना बिरामी हेर्नुपर्ने अवस्था छ, आँखा रोगीका लागि पनि चिकित्सक अपरिहार्य छ, तीसदेखि चालिस हजार कर्मचारी पूर्तिका लागि पहल थालेको छु ।’

अस्पताल चलाउन भवन, दक्ष जनशक्ति र इक्युप्मेन्ट आवश्यक पर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा ट्डकारो रुपमा देखिएका यस्ता समस्या समाधानमा आफूले कुनै पनि कसरत बाँकी  नराखी काम गरिरहेको बताए ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले समाजिक मन भएकाहरुको सहयोगबाट रेयूकाई एईको मासुनागा आँखा अस्पताललाई उदाहरणीय अस्पताल बनाउन सफल भएको बताउँदै विभिन्न जिल्लामा शाखा विस्तार गरिएको र छिट्टै धरानमा पनि शाखा विस्तार गर्न लागिएको जानकारी दिए ।

आँखा अस्पतालबाट दैनिक चार सयभन्दा बढिले सेवा पाइरहेको बताउँदै अस्पताल सञ्चालन भएको १६ वर्षको अवधिसम्म दशलाख नागरिकले आँखाको उपचार पाएको उनको भनाइ थियो ।

कार्यक्रममा अस्पतालसँग सहकार्य गरेर काम गर्ने अन्तर्राष्ट्रिय संघ संस्था र स्थानीय तहलाई सम्मान गरिएको थियो भने अस्पतालको सेवामा दश वर्ष बिताएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

इन्टरनेशनल अप्थाल्मोलोजी कन्फ्रेन्समा देश तथा विदेशबाट १५० भन्दा बढीको सहभागिता रहने बताइएको छ  ।