शेयर र घरजग्गा कर्जामा राष्ट्र बैंक लचिलो, पुसदेखि ब्याज घट्ने

0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा क्रममा केन्द्रीय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पारिरहेको विषयहरूमा विश्लेषण गर्दै बैंक ब्याजदर घटाएको छ ।

जसअनुसार निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बैंकदरलाई ७.५ बाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ बाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ बाट घटाई ३ प्रतिशत कायम गरेको छ।

तर अनिवार्य नगर अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थामा भने परिवर्तन गरेको छैन । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिमभार १५० बाट घटाई १२५ प्रतिशत कायम गरेको छ ।