एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने राप्रपाको माग



काठमाडौं । राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आगोग गठन गर्नुपर्ने माग गरेको छ। बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन्।

एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेको समेत बताए।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ।

आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको विषय विवादमा परेपछि समितिले एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्