मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ द इयर’ घोषित



काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’अवार्ड जितेका छन्। गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो।

उपाधि क्लबकै इतिहासमा पहिलो थियो। उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए। अक्टोबरमा उनले आठौँ पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए।

प्रतिक्रिया दिनुहोस्