संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश, बागलुङको पातिहाल्नेमा भव्य स्वागत

0
Shares

बागलुङ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको समृद्धिका लागि संकल्प यात्रा अन्र्तगतको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितको केन्द्रीय नेताहरुको समूहलाई गण्डकी प्रदेश र बागलुङ जिल्लाको सिमाना निसीखोलाको पातिहाल्नेमा स्वागत गरिएको नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी सहित नेकपा एमाले गण्डकी प्रदेश र बागलुङ जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।