नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ



काठमाडौं ।

नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन्।

उनीहरूलाई नेपाल र भारतको बाटो हुँदै अवैध रूपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ। अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्