![](https://newsofnepal.com/wp-content/uploads/2023/07/pakrau.jpeg)
काठमाडौं ।
काभ्रेपलान्चोकको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जना पक्राउ परेका छन्। ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, पाँच लाख ७६ हजार नेपाली र २२ हजार भारतीय रुपैयाँ बरामद गरिएको हो।
उनीबाट सुन जोख्ने तराजु, एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ।