गगन लक्षित कोशीका मुख्यमन्त्रीकाे टिप्पणी : घर डढेपछि खरानीको नेतृत्व गर्छु भन्ने नसोच्नु



काठमाडौं ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधयेक मार्फत मानवीय विकासलाई प्राथमिकता दिइएको बताएका छन्। मंगलबार ओखलढुङ्गामा आयोजित नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्वस्थ र दक्ष जनसक्तिबाट मात्रै विकास सम्भव रहेको उल्लेख गरे।

सोही अनुसार आफूले काम थालेको उनको भनाइ थियो। मुख्यमन्त्री कार्कीले आफूले मुख्यमन्त्रीको पद सभापति शेरबहादुर देउवाबाट खोसेर ल्याएको र कतिपय नेतालाई यो कुरा चित्त नबुझेको उनले बताए।  नीति नियम र संविधान कार्यान्वयनका विषयमा आफू कसैसँग सम्झौता गर्ने पक्षमा नरहेको उनले बताए।

संविधान कार्यान्वयनका विषयमा आफूले सभापति देउवालाई समेत पाठ पढाएको उनले बताए। कांग्रेस बनाउन सबै नेता एकजुट हुनुपर्नेमा उनले जोड दिए। पार्टीको हितका लागि गुटगत राजनीति भन्दा माथि उठ्न सक्नुपर्ने उनले बताए। महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले घर डढेपछि खरानीको नेतृत्व गर्छु भन्ने नसोच्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्