भ्रष्टाचारले देशलाई गाँजेको छ: डा. शेखर कोइराला

0
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले मुलुकलाई भ्रष्टाचारले गाँजेको बताएका छन् । नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मुल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नतसकिने बताउनुभएको हो ।

कोइरालाले भने,‘अहिले जताततै मानीसहरुमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दाच भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धि को बाधक हो ।’ एनसेल प्रकरणको स्मरण गराउँदै नेता कोइरालाले यसमा राजनीतिज्ञहरु कर्मचारी र व्यापारीहरुको मिलेमत्तो रहेको बताए । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदैँ छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन् ।

त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ? ’ यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकासित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मुल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

बेरोजगारीका कारण युवाहरु विदेश पलाएन भइरहेका उनको भनाई छ । करिव ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि भएपनि उत्पादनलाई बढाएर कृषिकमा आधारीत उद्योगहरुलाई बढाएर जानसकेमात्रे रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।