आफ्नै काकाको हत्या अभियोगमा १ जना पक्राउ



बाग्लुङ ।

बडीगाड गाउँपालिका-१० चैते बस्ने आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय हिरालाल बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

हिरालालले आइतबार राति सामान्य विवाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा लालमानको घटनास्थलमै मृत्यु भएको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्