पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ



काठमाडौं ।

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन्। एक जनालाई युरोपेली मुलुक पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने सुस्माकुमारी खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरेको हो।

बारा घर भएर हाल काठमाडौं बस्ने ४३ वर्षीय खड्का पोर्चुगल पठाइदिन्छु भनी साढे सात लिएर सम्पर्कविहीन भएकी थिइन्। खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन्। पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन्।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको छ।

प्रतिक्रिया दिनुहोस्