काठमाडौंमा चिसो बढ्यो



काठमाडौं ।

काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो।

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ। चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ।

काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ। हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ।

प्रतिक्रिया दिनुहोस्