ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर



बलेवा ।

बागलुङको ढोरपाटनमा पहिलो पटक हिमपात भएको छ। हिमपातपछि चिसो बढेसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बनेको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।

“यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।”

हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।

प्रतिक्रिया दिनुहोस्