दैलेखमा पेट्रोलियम अन्भेषणको विकल्प छैन् : अध्यक्ष ओली

0
Shares

दैलेख ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दिर्घकालिन लक्ष्य प्राप्त गर्न दैलेख जिल्लाको प्रदेशलाई समृद्धिको मार्गमा लिनका लागि दैलेखमा भएको पेट्रोलियम अन्भेषणको विकल्प नभएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा  पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए  । बिहान दैलेखको भैरवी गाउँपालिका १ स्थित पेट्रोलियम अन्भेषण स्थलको स्थलगत अवलोकनका क्रममा अध्यक्ष ओलीले पेट्रोलियम अन्भेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताए  ।

‘दैलेख पुरातात्वीक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो संभावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रै एमाले नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउँनु पर्छ भनेर अन्भेषणको कामका लागि टोली खटाएका थियौं ।’

अन्भेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्भेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धीको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए । दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्भेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइैकमाण्डलाई जानकारी दिदै खानी तथा भुगर्व विभागका अन्भेषण परियोजना प्रमुख दिने कुमार नापीतले चीनियाँ अन्भेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो संभावना भएको निचोड निकालेको बताए ।

उत्खनन गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खननको गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको नापितले उल्लेख गरे । ‘चीनियाँ कम्पनी गरेको शेष्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो संभावना देखियो’ नापितले भने, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको संभावना यहाँ दैलेख निकै राम्रो संभावना देखियो ।’

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन स्थलमा पुग्नु भएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितलाई अध्ययन प्रतिवेदन हस्तारण गरेका छन् । देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खनन्को अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्भेषणको काम शुरु भएको थियो ।

दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।

सम्बन्ध स्थानिय शन्देश राष्ट्रिय भन्ने उद्घोषका साथ शुरु भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौ दिन आज दशकौ देखि ज्वाला बलिरहेको दैलेखको शिरिस्थना मन्दिरको अवलोकन र दर्शन गरेका छन्  ।