सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।सोमबार कारोबार भइरहँदा (११ बजे)  सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।