श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



काठमाडौं ।

प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा धादिङबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी रहेका छन्।

उनले आइतबार दिउँसो स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते पवित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव आइतबारै राति पोस्टमार्टमका निम्ति काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। हतियार प्रहारपछि फरार भएका बलयकोटीलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्