जेनिथ, रेडियन्ट र जेसिसलाई उपाधि



काठमाडौं  । 

जेनिथ, आयोजक रेडियन्ट पब्लिक र जेसिसले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, रेडियन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गल्र्समा च्याम्पियन बने । सिनियर ब्वाइजको फाइनलमा जेनिथले आयोजक रेडियन्टलाई ५८–४५ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले २३ अंक योगदान गरे ।

जुनियर ब्वाइजको फाइनलमा विधान कार्कीको १२ अंक सहयोगमा रेडियन्टले ग्रिनफिल्डलाई २०–१९ को साँघुरोअन्तरले हरायो । स्युचाटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा जेसिसले रिब्समाथि १८–१३ को जित दर्ता ग¥यो । जेसिसकी कृति मोक्तानले ७ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय प्रज्ज्वल, विधान र कृति आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एनआईसी एकेडेमी, जुनियर ब्वाइजमा ओरेकल रे र सिनियर गल्र्समा काठमाडौं भ्याली स्कुल अनुशासित टिम चुनिए ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, कार्यक्रम संयोजक दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी जम्मा ४८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्