जाजरकोटमा चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु

0
Shares

जाजरकोट ।

 जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. १ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र वस्नेतले जानकारी दिए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।