बुटवलको सिद्धार्थ अस्पतालमा सुत्केरीकाे मृत्यु मेसुमाथि कुटपिट

0
Shares

काठमाडौं ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ। अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथि कुटपिट भएको हो।

सुत्केरी गराउन आएकी एक महिलाको सुत्केरी भएको दुई दिनमा मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।  अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो।साेही दिन बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो।

अस्पतालमा तोडफोड भएपछि मृतकका आफन्त अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ।