मन्त्रिपरिषद बैठक जारी


काठमाडौं ।

मन्त्रिपरिषद बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलनमा भाग लिन युएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।