माओवादी नेता बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ

0
Shares

काठमाडौँ।

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँके कोहलपुर– १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका– ८ का ३४ वर्षीय टेकबहादुर प्रधान र बाँके कोहलपुर– १ का २६ वर्षीय आशिष लामिछने मगर रहेका छन्।

गत कत्तिक २२ गते काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रहार गरी फरार रहेका तीनजनालाई काठमाडौँ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।