पूर्वबाल लडाकु लेलिन बिष्ट वीर अस्पतालकाे ‘नजरबन्द’मा

0
Shares

काठमाडौं ।

पूर्वबाल लडाकु लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् ।

 छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षौंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा उनीहरुलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो ।

‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’