अखाद्य बस्तु बरामदपछि नष्ट

0
Shares

काभ्रे । 
घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मितिमा बरामद गरेका अखाद्य बस्तुहरु नष्ट गरेको छ । अनुगमन गरिएका खाद्यान्न पसल, होटल, मदिरा स्टोर, मासु पसल, डेरी लगायतका २५ वटा पसलबाट बरामद गरिएका अखाद्य बस्तुहरु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए ।
‘ब्यवसाय स्थलमा मुल्य सूचि टाँस्न सुझाव दिएको, म्याद नाघेको सामान उचित स्थानमा ब्यवस्थापन गर्न लगाईएको, फर्म दर्ता नविकरण अद्यावधिक गर्न लगाईएको, होटल ब्यवसायको किचन ब्यवस्थापन तथा सरसफाई गर्न सचेत गराईएको, लेबल स्पष्ट हुनेगरी राख्न सुझाव दिईएको, स्पष्ट देखिनेगरी लेवल राख्नुपर्ने, खरिद विक्री विल पसलमा नै राख्न र दर्ता प्रमाण पत्र, साईन बार्डहरु सबैले देख्ने ठाउँमा राख्न सुझाव दिएका छौ’–घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख यादवनाथ आचार्यले भने–‘ खाद्यान्न पसल, होटल, मदिरा स्टोर, मासु पसल, डेरी उद्योगका २५ वटा पसलहरुको अनुगमन गरिएको थियो ।
त्यहाँबाट बरामद गरिएका अखाद्य बस्तुहरु उद्योगी ब्यवसायी, प्रहरी, संचारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरेका छौं ।’  नष्ट गरिएका सामानहरुमा टुवोर्ग विएर, मासु, चिकेन शुप, फ्यान्टा, सेन्चुरी मसला, स्टोबरी सिरफ, म्याङ्गो फ्रुटी, बदाम जुस, कफि, जिरा, धनियाँ, खुर्पानी, बदाम सेतो, गरम मसला लगायतका सामानहरु नष्ट गरिएको घरेलु कार्यालय प्रमुख यादवनाथ आचार्यले जानकारी दिए ।