एफडीका इलेक्ट्रिक स्कुटर नबिल बैंकको क्रेडिट कार्डबाट किन्न पाइने


काठमाडौं । 

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । जसअनुसार एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत् कर्जा सुबिधा पाउनेछन् ।

ग्राहकहरुले एफडी मोर्टर्सका शोरुमहरुमा गई आवश्यकपर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

एफ डि मोर्टर्स ले हाल दुई वटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९९९ र एफ फाइब एको मूल्य २ लाख ९७ हजार ९९९ रुपियाँ रहेको छ ।