गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको निधन

0
Shares

काठमाडौं ।

गोली प्रहारबाट घाइते भएका बाराको कलैस्थित बाल एकता बोर्डिङ स्कुल का प्रधानाध्यापक रुपेश सरार्फको निधन भएको छ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए ।

दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार भएको थियो। लगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको हो। उनको शव अहिले अस्पतालमै राखिएको छ।

याे पनि

बारमा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार