हरेक नेपालीको टाउकोमा ८० हजार ऋण

0
Shares

काठमाडौं ।

प्रतिव्यक्ति सावर्जनिक ऋणको भार ८० हजार ७ सय ३४ रुपियाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण साढे २३ खर्ब रुपियाँ नाघेसँगै ऋणको भार पनि बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋणभार असोज मसान्तसम्ममा २३ खर्ब ५४ अर्ब ५९ करोड ५२ लाख रुपियाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब तथा बाह्य ऋण ११ खर्ब ७१ अर्ब रुपियाँ रहेको छ ।