स्रोत नखुलेको १३ लाख २० हजारसहित एक पक्राउ


जनकपुरधाम ।

महोत्तरीको जलेश्वरमा स्रोत नखुलेको १३ लाख २० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।