अवैध विद्युतीय उपकरण  प्रयोग गरी जुवा खेल्ने ३ जना पक्राउ 

0
Shares

बुटवल। 

ख्याल गर्नुस् के तपाई जुवातास खेल्दै हुनु हुन्छ ।  तपाईँलाई  जुवा खेलाएर  पेशेवर जुवाडेले तपाईँको पैसा स्वाहा पार्ने अवैध विद्युतीय उपकरण  प्रयोग गरेको रहस्य रुपन्देही प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले  लुम्बिनी सांस्कृतिक नगरपालिका १० मा सञ्चालित लुम्बिनी गेष्ट हाउसको कोठा नम्बर ४०१ मा अवैध विद्युतीय उपकरण  प्रयोग गरी  जुवा खेलेका ३ जनालाई  नगद  ८३ हजार २७० सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले  बताए ।

 प्रहरीले कपिलवस्तु शिवराज ९का ३७ वर्षीय मोहन प्रसाद निरौला, ३६ को शिव ओली र रुपन्देही शुद्धोधन ३ का ५५ वर्षीय राकेश वानीयालाई  एउटा कार  सहित पक्राउ गरेको छ ।

उनीहरूले ३ पत्ती तासबाट खेलीने फलास भन्ने जुवा खेलाउने, खेल्ने र आफसंग अवैध विद्युतीय उपकरण राखेर अन्य खेलाडीको  के तास परेको छ भन्ने कुरा सोही अवैध विद्युतीय उपकरणबाट थाहा पाउने भएकाले उनीहरूले कहिल्यै जुवामा पैसा हार्न नर्पर्ने नयाँ तरिका फेला परेको प्रहरी नायव उपरीक्षक भट्टले   बताए ।
पक्राउ परेकालाई  जुवा कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा रुपन्देहीका होटलहरुमा जुवा खेल्ने र खेलाउन गरेको प्रहरीलाई सूचना प्राप्त भएकोले सोही आधारमा  छापा मारेको प्रहरीको भनाई रहेको छ ।