कञ्चनपुर ।
कञ्चनपुरमा अवैध औषधी बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षिय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए। चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधीसहित उनलाई प्रहरीले पक्राउ गरेकोे हो।
चौधरीलाई कार्वाहीकोलागी औषधी विभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले उक्त मेडिकलमा अवैध औषधी फेला पारेको हो। साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया