नोभाक जोकोभिचले जिते २४ औं ग्रान्डस्लामको उपाधि



न्युयोर्क । नोभाक जोकोभिचले युएस ओपन २०२३ ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा डेनिल मेदभेदेवलाई हराउँदै उपाधि जितेका छन् ।

यो जोकोभिचको २४ औं पुरुष एकल ग्रान्डस्लाम उपाधि हो । फाइनलमा जोकोभिचले ड्यानिल मेदभेदेवलाई ६–३, ७–६, ७–५०, ६–३ ले हराए। जोकोभिचको यो चौथो यूएस ओपन उपाधि हो । यी दुईबीचको खेल आर्थर एसे स्टेडियममा भएको थियो । जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने खेलाडी हुन् ।

खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन् । जोकोभिचले पहिलो सेट ६–३ ले जितेका थिए । यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए । जोकोभिचले दोस्रो सेट ७–६ ले जिते । त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३–६ ले हार बेहोरेका हुन।

दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो, जसमा जोकोभिच रसियाका ड्यानिल मेदभेदेवसँग पराजित भएका थिए । तर यसपटक युएस ओपन २०२३ मा सर्बियाका नोभाक जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन् ।

नोभाक जोकोभिचले यूएस ओपन २०२३ मार्फत आफ्नो ३६ औं ग्रान्ड स्लाम फाइनल खेलेका थिए। जोकोभिचले ३६ मध्ये २४ पटक उपाधि जितेका छन् । उनले १० पटक अष्ट्रेलियन ओपन, सात पटक विम्बल्डन, ३ पटक फ्रेन्च ओपन र ४ पटक युएस ओपन जितेका छन् । यो पटक जोकोभिचले युएस ओपनको चौथो उपाधि जितेका हुन । यसअघि सर्बियाली टेनिस स्टारले सन् २०११, २०१५ र २०१८ मा युएस ओपनको उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्