काठमाडौं ।
भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) अनुदानमा दिने भएको छ। भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा भदौ ७ गते भारत जाँदैछन्।
भारत भ्रमणका क्रममा शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन्।
नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ।यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ।











प्रतिक्रिया