बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्य जारी (भिडियाेसहित)



काठमाडाैं ।

विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार कार्य जारी गरेको छ ।

बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको हो । मुस्ताङ कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनी बजार ईलाका जलमग्नरलेदोयुक्त भएको हुँदा स्थानीयवासीहरुका सामग्रीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

पुलहरु बगाएका स्थानमा काठको अस्थायी पुल निर्माण गरी स्थानीयहरुलाई सहजीकरण गरिनुका साथै पीडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दोवस्तीको लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको छ । गत आइतबार गएको पहिरोमा परी बेपत्ता भएका दोलखा जिल्ला, विगु गाउँपालिका(७, तिनपानेका एकजना स्थानीयवासीको शव दुई वटा ढुङ्गाको बीचमा चेपिएको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको थियो ।

यस्तै म्याग्दीको बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सीमानामा पर्ने बेनी-दरवाङ सडक खण्डमा पहिरो गई सडक अवरुद्ध हुँदा अन्य निकायहरुसँग समन्वय गरी पहिरो गएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण कार्य नेपाली सेनाले गरेको थियो ।

 

यस्तै सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिका-५ स्थित थामे खोलामा पानीको सतह बढ्न गई स्थानीय थामे गाउँमा क्षति पुग्ने भएकोले स्थानीयवासीको सहयोगमा नेपाली सेनाले बाँध निर्माण गरेको थियो ।सिन्धुपाल्चोकको , हेलम्बु गाउँपालिका-६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका ६ वटा घरहरुबाट स्थानीयवासी लगायत सरसामानहरु सुरक्षित स्थानमा सारेको थियो ।

 

यस्तै बाँके जिल्ला, बैजनाथ गाउँपालिका-१, नाङढुंगामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे.१.ज.१०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुहरुलाई उद्धार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाएको थियो ।बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उद्धार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्‍को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्