क्विन्टल सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा



काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी सुब्बा भन्सार एजेन्ट रुक्मिना सुब्बालाई रिहा गरिएको छ ।

सुब्बा लामो समयदेखि क्यान्सर पीडित भएको बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अकिारीले बताए ।

प्रतिक्रिया दिनुहोस्