जनमत पार्टीको केन्द्रीय समिति बैठक आह्वान



काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ ।

पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो ।

अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने छ ।

जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्