ग्लोबल आइएमई बैंकको साउन स्पेसल अफर



काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ । बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकका ७७ जिल्लामा ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्