आईएफसीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा



काठमाडौं । लगानीका अवसरहरूबारे छलफल गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्षको नेतृत्वमा उच्च अधिकारीहरूको टोली नेपाल आएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा दिगो विकास लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई सहयोग गर्ने तथा आईएफसीको प्रतिबद्धता नवीकरण गर्ने कार्यक्रम रहेको छ । आईएफसीका अर्थशास्त्र तथा निजी क्षेत्र विकासका लागि उपाध्यक्ष सुसान एम लुन्ड नेतृत्वको प्रतितिधिमण्डलले भ्रमणका क्रममा उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल आईएफसीको प्राथमिकतामा रहेको देश हो । यसले सन् १९७५ देखि २०१८ सम्म दीर्घकालीन वित्तीय सहयोगअन्र्तगत ५६० मिलियन अमेरिकी डलरभन्दा बढीको सहयोग प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्