मौद्रिक नीतिपछि लगानीकर्ताको डेढ खर्ब गुम्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पाँच दिनको अवधिमा सेयर बजारलगानीकर्ताले डेढ खर्ब रुपियाँ गुमाएका छन् । चार दिनसम्म लगातार नेपाल स्टक एक्सचेन्ज (नेप्से ) परिसूचक घट्दा सेयर बजारका लागनीकर्ताले १ खर्ब ४७ अर्ब रुपियाँ गुमाएका हुन् ।

यो अवधिमा नेप्से सूचक सय अंक घटेको छ । मौद्रिक जारी हुने दिन ६२ अंकभन्दा बढी वृद्धि भएको नेप्से परिसूचक त्यसपछि लगातार घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २९ दशमलव ७१ अंकले घटेर २१२६ दशमलव ४८ बिन्दुमा झरेको छ । यस दिन २७१ वटा कम्पनीको २ अर्ब ४२ करोड ५७ लाख रुपियाँमा ६२ लाख ७१ हजार कित्ता शेयर कारोबार भएको छ।

समग्र परिसूचक घटे पनि यस दिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक ७ दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल र अभियान लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । किसान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ८ दशमलव ६८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको साढे १० करोडको शेयर कारोबार भएको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्